• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    म त्यो रवि होइन

    13.6K
    SHARES



    रातको ११ बजेको थियो ढोकाको घन्टी बज्यो । ढोका खोल्दा ७०-८०बर्ष उमेरका एक जना वृद्ध त्यहाँ उभिएका थिए, उनको साँस फूली रहेको थियो । उनले सोधे, “रविको घर यही हो र बाबु? के तिमी नै रवि हौ ?” रविले भने, “हो म रवि हुँ, आउनुहोस, भित्र आउनुहोस ।” वृद्धले गनगन गर्दै भने, “हे भगवान, तपाईलाई लाखों लाख धन्यवाद, मैले घर भेटायें ।”

    “बाबू, एक गिलास पानी पाइएला?” उनले आग्रह गरे । “हजुर, किन न पाउनु र ! म ल्याऊँछु ।” रविले पानी ल्याए । वृद्ध सज्जनले एकै साँसमा सबै पानी पिए । रविले थप पानीको लागि सोधे तर उनले इशारामा ‘चाहिंदैन’ भने।

    “माफ गर्नुहोस् अंकल, मैले तपाईंलाई चिन्न सकिन ।” तपाई को हुनु भो र कहाँ बाट आउनु भयो ?” रविले उत्सुक हुँदै सोधे ।

    वृद्धले रविको हातमा एउटा चिठी दिए । रविले चिठी पढे । चिठी पढेपछि रविले अटो वाला व्यक्तिलाई भने, “दाई, अब तपाईं जानुहोस ।” र रविले ती वृद्ध व्यक्तिको सामान घर भित्र ल्याए र भने, “अंकल, ढिला भइसक्यो । तपाईं अहिले सुत्नुहोस म भोलि तपाईंको काम गर्छु ।”

    त्यो चिठ्ठीमा रविका बुबाले रविको लागि केहि लेखेका थिए, वृद्ध सज्जनले भने कि तिम्रो बुबाले मलाई आश्वासन दिनुभाछ कि मेरो छोराले निश्चित रूपमा तपाईंको काम गर्दिनेछ। तपाईं ढुक्क भएर जानुहोस् ।

    कुरा के थियो भने उनी वृद्ध सज्जनको एक्लो छोराको अचानक सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । बुढाबूढी दुबै छोराको मृत्युपछि एक्लो भए । उनीहरू छोराको मृत्युको क्षतिपूर्ति लिन चाहँदैनथे तर जीवनका खर्चहरू र लालन पालनको समस्याले गर्दा उहाँहरुसँग अरु कुनै बिकल्प बाँकी थिएन । त्यसै सम्बन्धित कामका केही कागजहरु काठमाडाैंबाट प्रमाणित गराउनु पर्दोरहेछ । यसै सन्दर्भमा उहाँ आउनुभएको थियो । वृद्ध सज्जनले वर्षौंसम्म कहिल्यै आफ्नो सानो गाउँ छोडेका थिएनन् । उनको लागि काठमाडाैं एकदम डरलाग्दो र ठूलो ठाउँ थियो । उनको पुरानो मालिकले, आफ्नो छोराको नाममा चिठी पठाएका थिए कि मेरो छोरोले तिमीलाई मद्दत गर्नेछ ।

    बूढा अर्कोदिन बिहान उठे । उनलाई राम्रो खाजा खुवाईयो । रविले आफ्नो अफिसबाट बिदा लिए र वृद्ध सज्जनलाई आफ्नो गाडीमा लिएर क्षतिपूर्ति कार्यालय गए । आवश्यक औपचारिकता पूरा गरेर रविले सम्पूर्ण कागजातहरु प्रमाणित गराएर वृद्ध सज्जनलाई दिए र उनको बसको टिकट पनि कटाए । टिकटको साथमा एउटा मिठाईको बक्स पनि दिए । उहाँलाई बसपार्कमा छोडेर जानै लागेका थिए कि वृद्ध सज्जनले हात जोड्दै भने, “रवि, तिम्रो बुबा धन्य हुनुहुन्छ जसले तिमी जस्तो लायक छोरा पाउनुभयो । यदि तिमीले आफ्नो बुबालाई केही भन्न चाहन्छौ भने भन बाबू, म तिम्रो सन्देश उहाँसम्म पुर्याई दिऊँला ।”

    रविले भने, “माफ गर्नुहोला अंकल, म तपाईलाई एउटा कुरा भन्न चाहन्छु।”

    ती वृद्धले भने, “भन बाबू ।”

    रविले भने, “म रवि होइन ।”

    वृद्ध छक्क…….!!  “तर तिम्रो निवास बाहिर त लेखिएको थियो,”रवि निवास” भनेर….

    “हो, त्यो रवि निवास मेरो नै हो र मेरो नाम पनि रवि हो, तर म ‘त्यो रवि होइन’ जसलाई भेट्न भनेर तपाई आउनु भएको थियो ।”

    बुढो भ्रममा परे….केहि बुझ्न सकी रहेका थिएनन ।

    रविले फेरि भने, “अंकल, जब तपाईं राति आउनुभयो तपाईको सास फूलिरहेको थियो । तर तपाईको आँखामा एक आशा थियो कि उनको छोराले मद्दत गर्नेछ । जब मैले त्यो चिठ्ठी पढें, तब मलाई मेरो बुबाको सम्झना आयो, उहाँको लागि मैले जीवनभर केही गर्न सकिन । अनि मैले तपाईको रविलाई फोन गरें । उसले भन्यो कि उ काठमाडाैंमा छैन, पोखरा तिर छ, ८-१० दिन पछि आउँछ । तपाईको उमेर र तपाईको भावनालाई हेर्दा तपाईलाई फिर्ता पठाउने  मसँग साहस भएन । तब मैले निर्णय लिएँ कि म तपाईंको मदत गर्नेछु ।”

    वृद्ध सज्जनको आँखाबाट आँसुहरू बग्न थाले । भने, “तिमी रविलाई चिन्दैनौ ?” रविले भने, “हो अंकल, म रविलाई चिन्दिन । त्यो चिठीमा रविको फोन नम्बर थियो, मैले त्यसैमा उसलाई कल गरेको थिएँ ।”

    “त्यसोभए, तिमी त्यो रवि होइनौ ?” ती वृद्धले फेरि छक्क पर्दै फेरी सोधे । “होइन, म त्यो रवि होइन ।” रविले शान्त जवाफ दिए ।

    “तैपनि तिमीले मेरो लागि बिदा लियौ, र यति गर्यौ । कसले भन्छ ईश्वर छैन ? कसले परमेश्वर छैन भनेर ? कसले परमात्मा छैन भनेर?” भन्दै वृद्ध सज्जन बसमा चढ़े र त्यहाँ बाट विदा भए । रवि घर पुग्यो, त्यो दिन उसले आफ्नो जीवनको सब भन्दा राम्रो र उत्तम निद्रा पायो ।

    साथीहरू, संसारमा मान्छेहरु आफ्ना आफन्तहरूलाई सहयोग गर्छन्, आफ्ना साथीहरूलाई मद्दत गर्छन्, परिवारलाई मद्दत गर्छन्, आफ्नो सहकर्मीहरुलाई सहयोग गर्छन् । यत्तिकैमा उनीहरुको संसारको अन्त्य हुन्छ । जो यति पनि गर्दैनन् उहाँहरुलाई त के भन्ने । तिनीहरू त भगवानप्रति पनि कृतज्ञ हुँदैनन् जसले तिनीहरूलाई यस पृथ्वीमा पठायो र योग्य बनायो ताकि तिनीहरूले अन्य व्यक्तिहरूको मद्दत गर्न सकून् ।

    यो कथा पढिरहेका प्रत्येक व्यक्तिलाई भन्न चाहन्छु, जीवनमा उनीहरूको मद्दत गर्नुहोस्, जसलाई तपाईंले चिन्नु पनि हुँदैन । तर यस्तो मद्दतको बदलामा तपाइँले केहि पनि पाउनु हुने छैन । तर नि:स्वार्थ रुपले गरिएको मद्दतको बदलामा तपाईंले आफ्नो जीवनमा जो भित्री खुशी (परम् आनन्द) पाउनुहुनेछ त्यसको कुनै मोल छैन ।

    त्यसैले मद्दत गर्नुहोस् कि भोलि तपाईं आफ्ना बच्चाहरूलाई कथा भन्न सक्नुहुन्छ । मद्दत गर्नुहोस् कि तपाईं राति सजिलै सुत्न सक्नुहुन्छ र याद राख्नुहोस् कि भगवानले सबैलाई मद्दत गर्ने क्षमता दिएको छैन । हजारौं व्यक्तिहरू छन् जसले चाहेर पनि कसैलाई मद्दत गर्न सक्दैनन् । यदि तपाईं मद्दत गर्न सक्नुहुन्छ भने यो बुझ्नुहोस कि ईश्वरले तपाईंलाई ‘विशेष र महत्वपूर्ण’ (Special and Important) व्यक्ति बनाएर यस पृथ्वीमा पठाएको छ । र म तपाईंहरुसँग एउटा अनुरोध गर्न चाहन्छु कि यो कथालाई आफ्ना कमसे कम पाँच वटा साथीहरूलाई अवश्य साझा गर्नुहोस र यदि ती ५ मध्ये एक जनाले पनि केही अज्ञात व्यक्तिको मद्दत गर्छ भने यस पुण्यमा केही अंश तपाईको पनि हुनेछ ।

    जय नेपाल….जय मानवता…!!

    प्रतिक्रिया