भारतमा अकबर र बिरबलकाे कहानीजस्तै चीनियाँ समाजमा पनि एउटा राेचक कहानी छिमेकीको कथा भन्ने रहेछ । त्यसमा मुर्ख र स्वाँठ राजाको प्रसङ्ग उल्लेख छ । मतलब त्यहाँ एउटा कसैका कुरा पनि नसुन्ने, कसैको सल्लाह पनि पनि नलिने र कसैको सुझाव पनि नमान्ने । मुखमा जे आयो त्यही बाेल्ने छुद्र र मूर्ख राजा रहेछ ।
एकपटक अर्को देशका राजाको भ्रमण त्यस राज्यमा हुने भएछ । बिदेशी पाहुना राजाको भ्रमण हुने भएपछि अब यहाँको राजाले त कुरा बिगार्छन् । मुखमा जे पायाे त्यही बाेल्छन् । त्यसकारण एउटा कुशल रफुकार खाेज्न पर्याे भनेर दरबारका सल्लाहकार र भाई भारदारियाहरुले सल्लाह गरेर धेरै जनता रफुकारहरुलाई जम्मा गरेछन् र त्यसमध्येबाट एक जना बढी जान्नेलाई छानेछन् । तर त्यस रफुकारले एउटा सर्त राखेछ । त्यो के भने मत राजाले बाेलेकाे भाव मात्रै बुझ्ने हाे अर्थ त बुज्दैन । उहाँ धेरै बाेल्दै जानू भयो भने कुराे बिग्रिएला र सम्हाल्न मुस्किल पर्ला । त्यसकारण छलफलमा बस्ने बेलामा एउटा धागो लिई मेरो र राजाको खुट्टामा बाँधाैं अनि जहाँनीर कुरा राेक्नुपर्ने हुन्छ त्यतिबेला मैले धागाे तान्दा राजाले बाेल्न छाड्नुपर्छ भन्ने सहमति गराएछ ।
अनि दुई देशका राजाकोबीच संवाद सुरु भयो तब यताको बेढङ्गी राजाले पाहुना राजालाई तिम्रो दरबारमा कुकुर, बिराला र भेडा/बाख्रा कति छन् ? कस्ता छन् ? भन्न शुुरु गरेछ । यस्तो कुरा सुनेर उताकाे राजा रिसाउन थाल्याे, याे कस्तो बुद्धु र बेसर्मी राजा रहेछ भनेर । तब रफुकारले खुट्टाको धागो तानेर राेकेछ र भनेछ । हाम्रो देशका राजा निकै साहित्यिक पाराले बाेल्नुहुन्छ । हजुरहरुलाई बुझ्न गाह्रो भयो हाेला । उहाँले कुकुर भनेकाे सेना/प्रहरीलाई हाे । तपाईंको देशमा सेना/ प्रहरी कति र कस्ता क्षमताका छन् ? भित्र र बाहिरको सुरक्षा गर्न सक्छन् कि सक्दैनन् भन्न खाेज्नु भएको हाे । बिराला भनेर भाइ, भारदार र कर्मचारीलाई भन्न खाेज्नु भएको हाे । तीनीहरु चुलाकाे वरिपरि घुम्ने, दूध चाेरेर खाने र भकारीमा हग्ने गर्छन, सचेत हुनुपर्छ भनेकाे हाे । भेडा बाख्रा भनेका जनता हुन् । तिनी भाेका नाङ्गा कस्ता छन् ? शान्ति अशान्ति कस्तो छ भन्न खाेज्नु भएको हाे भनेर रफुकारले भनेपछि, उताकाे पाहुना राजाका प्रतिनिधिले निकै प्रसंसा गरेछन् ।
आहा कति साहित्यिक, दुरदर्शी र बुद्धिमानी राजा भनेर प्रसंशा गरेछन् । याे सुनेर यताको धतङ्गाे राजा जुरुक्क उठेर मैले यति राम्रो कुरा गरेको रहेछु, अरु बाेल्न नदिएर मलाई बिचैमा किन राेकिस भनेर उल्टै रफुकारलाई गालामा बजाएछ । हाे, अहिले नेपालका प्रधानमन्त्री केपी वलीकाे कार्यशैली पनि ठ्याक्कै त्यस्तै छ । उनको बाेलीबचन, कामकारबाही, उनका वरिपरि काम गर्ने पार्टीका मान्छे, कर्मचारी, सुरक्षाकर्मी र सल्लाहकारहरु समेत आफू अनुकुलकै बनाएका छन् । उनका रफुकारहरु पनि त्यस्तै छन् ।
उनले जतिसुकै उल्टाे र अर्बाङ्गाे बाेले पनि रफुकारहरुले सुल्ट्याएर जनतामा भ्रम छर्ने काम गरेका छन् । त्यसकै प्रतिफल अहिले केही रफुकारहरुले उनको हातकाे चट्कन खाएका छन् । पहिले केपी ओलीलाई नै देवत्वकरण गर्नेहरु अहिले राक्षसिकरणकाे रुप देख्दैछन् । वास्तवमा बस्तु एउटा हुन्छ । त्यो सत्य हुन्छ तर त्यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुन्छ । भनिन्छ प्राणी जातीमा हुदै नभएको र देख्दै नदेखेको कुरालाई समेत अन्तिम सत्य जस्तो गरेर पत्याउन सक्ने र पत्याउन सक्ने बनाउने जात भनेको मान्छे मात्रै हाे ।
केपी ओलीलाई केही मान्छेले कहिले महान राष्ट्रवादी, क्रान्तिकारी त कहिले राष्ट्रघाती र जनबिराेधी देख्ने गरेका छन् । तर केपी ओली बहुदल आएपछि अर्थात पञ्चायतकालमा जेल बस्दा पछि जे थिए, अहिले पनि त्यहीँ छन् । माैका नपाउदाकाे इमानदार भनेझैं केपी ओली महाकाली सन्धिदेखि अहिलेकाे एमसिसिसम्म आउदा कहिल्यै पनि राष्ट्रवादी भएनन् र हाेइनन् ।
क्रान्तिकारी त झन हुने कुरै भएन । कथित मधेश आन्दोलनको बेला भारतले लगाएको अघाेषित नाकाबन्दीमा नझुकेर सामना गरेको भनेर कतिपय लाल तथा स्वेत बुझ्ककडहरुले उनलाई जबर्जस्त राष्ट्रवादीकाे जामा लगाइदिए जाे सत्य थिएन । वास्तवमा नाकाबन्दी सुशील काेइरालाकाे पालामा लागेको थियोे र बरु भारतका बिरुद्ध पछिल्लो कालमा तुलनात्मक रुपले गिरिजा र सुशील उभिएका थिए । केपी नाकाबन्दीमा थाेरै टिक्नुकाे पछाडि भारतीय साम्राज्यवादसंगकाे टक्करमा नभइ मधेसीसंगकाे प्रतिशाेधमा हाे । उनी मधेस र मधेसी बिराेधी नश्लिय चिन्तनका मान्छे हुन् । उनी सारमा गणतन्त्र, संघियता, समाबेशीता, पहिचान र धर्म निरपेक्षताका बिराेधी घाेर नश्लवादी ब्यक्ति हुन् ।
उनको त्यतिखेरको अन्तरबिराेध भनेकाे भारतीय शासक बर्गसंग थिएन । उनी सधै दक्षिणका कृपा पात्र हुन्, अहिले मात्रै पश्चिमा प्रभुकाे समिपमा पुगेका हुन् । यसको बारेमा त प्रयाेगशाला लगाएतका तमाम खाले पुस्तकहरुमा समाबेश रिपोर्टले नै प्रस्ट पारिसकेको छ । एकपटक सायद २०६४ सालमा धादिङको एउटा कार्यक्रममा पत्रकार ऋषि धमलाले एमालेका भावी अध्यक्ष र प्रधानमन्त्री केपी ओली भनेर सम्बोधन गरेका थिए र पछि याे कसरी भन्नू भएको थियो भनेर अरु पत्रकारले साेध्दा म ठ्याक्कै सूचनाकाे आधारमा बाेलेकाे थिए भनेका थिए । त्याे सुचना भनेको दक्षिणकाे थियो ।
उनी गणतन्त्र बिराेधी हुन् भन्ने कुरा त २०६२/०६३ काे जनआन्दोलन ताका सडकमा गणतन्त्रको नारा लागिरहेको बेला नेपालमा गणतन्त्र ल्याउछु भन्नू बयलगाडा चढेर अमेरिका जान्छु भने जस्तै हाे भनेर बाेलेकाे कुरा अहिले पनि भिडियोमा हेर्न सकिन्छ भने संघियता बिराेधी त उनी अहिले पनि छन् । अहिले पनि आफुले सत्ता र पद छाेड्नै परे उनले आफू आराममा बसी बिद्या भण्डारीलाई प्रधानमन्त्री बनाई दरबारलाई अगाडि सार्न बेर छैन । किनकी उनी न रह्यो बाँस न बज्यो बाँसुरी गर्ने चरित्रका मान्छे हुन् । यसको मतलब के हाे भने केपीका रफुकारहरुले उनका बिषयमा जति फुलबुट्टा भरेर महानताकाे जामा लगाइदिएता पनि उनी अन्य तथा साम्राज्यवादी शक्तिहरुले तयार पारेका पात्र हुन् ।
उनी अरुको रिमाेटभन्दा बाहिरबाट चल्न सक्दैनन् र उनकाे कृपाभन्दा बाहिरबाट बाँच्न सक्दैनन् । पुर्व सचिव भिम उपाध्यायले केपी वलीकाे मृगौला मात्रै हैन, दिमाग पनि अरुकै रहेछ भनी गरेको विश्लेषण सहि छ । यदि आफ्नै दिमाग भएको भए उनको कारण देश र जनताले यस्तो संकट भाेग्नु पर्ने थिएन र बेइज्जती ब्यहाेर्नु पर्ने पनि थिएन । अहिले पनि केपीले जनतालाई रुवाउने, बिपक्षीलाई चिढाउने र बिदेशीलाई हँसाउने जुन हर्कत गरिरहेका छन् त्याे उनको शासकिय अन्धता र असक्षमताकाे परिणाम हाे ।
याे नाङ्गो नाच नाच्ने आँगन उनलाई दलाल संसदीय पुजीवादी व्यवस्थाले दिएको हाे । याे व्यवस्थाकाे धर्म यस्तै पात्र र प्रवृत्ति हुर्काउने हाे । तर यस्तो निर्वस्त्रताकाे अबस्थामा पनि उनका नयाँ र पुराना रफुकारहरुले अहिले पनि उनको त्यो बहुलट्ठीपनकाे सफाइ हरतरहले दिने र उनलाई नै शासनको आशनमा बिराजमान गराइ आफ्ना निजी स्वार्थहरु पूरा गर्ने खेल खेलिरहेका छन् । समस्या शासकीय प्रणालीमा छ । समस्या चिन्तन प्रणालीमा छ । समस्या बीचार र संस्कृतिमा छ तर रफुकारहरुले कार्य प्रणालीमा मात्रै समस्या देखाएर पद र शक्तिकाे भागबन्डामा बिषय केन्द्रीकृत गर्दैछन् ।
अहिले पनि देश, जनता र काेराेना महामारीको सवाल उनीहरूको छलफलकाे बिषय नभई सत्ता र शक्तिमा काे जाने भन्ने कुकुर लडाइँ छ । संबिधान र कानुन जनताको पक्षमा हैन आफू अनुकूल संशोधन गर्दैछन् । हुँदा हुँदा त बामदेव गाैतमजस्ता पद र अवसरबाट एकछिन पनि बाहिर बस्न नचाहने तर ढंग नपुगेर सधैं जनताबाट अस्विकृत भैरहने नकट्टाे हास्य पात्रलाई अगाडि सारेर रफुकारहरुले कथाकाे अन्त्य गर्न थालेछन् । याे जस्तो लाजमर्दो र घिनलाग्दाे हर्कत के हुनसक्छ ? यसले झनै यीनकाे कथित समाजवाद उन्मुख संबिधान र लाेकतन्त्रकाे उपहास गरेकाे छ । (लेखेक पुन बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्युरो इन्चार्ज हुन् ।)
प्रतिक्रिया