• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आज, १५१ सदस्यीय केन्द्रीय समिति रहने

    2.6K
    SHARES



    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ।

    काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।

    एकता घोषणा कार्यक्रमअघि शनिबार काठमाडौंमा नेताहरूबीच आन्तरिक छलफल भएको थियो, जहाँ नेतृत्व, विचारधारा, कार्यदिशा लगायत विषयमा छलफल भएको नेता किराँतीले जानकारी दिए।

    उनका अनुसार पार्टीको नेतृत्व सामूहिक र समावेशी हुनेछ। नेतृत्व आलोपालो चल्ने पनि उनले बताए। पार्टीको संगठन नै नयाँ प्रकारको मोडलमा बनाएर जान लागिएको जानकारी दिँदै नेता किराँतीले भने, ‘त्यो समावेशी पनि हुन्छ, सामूहिक पनि।’

    पार्टीको केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको उनले जानकारी दिए। केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा हुने छैन।

    शीर्ष नेताहरू कार्यकारी जिम्मेवारीमा नरहे पनि केन्द्रीय समितिमा भने अटाउने उनले जानकारी दिए। पार्टीको चुनाव चिह्न आँखा र झन्डा पनि आँखा अंकित राखिनेमा करिब सहमति जुटेको नेता किराँतीले जानकारी दिए।

    पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहने उनले बताए। पार्टी घोषणापछि महाधिवेशन भने परिस्थिति हेरेर तय गरिने किराँतीको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ