काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेका छन् ।
प्रतिक्रिया