• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    देशभर फैलियो मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन

    1.4K
    SHARES



    काठमाडौं । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ । नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    शनिबार मेक्सिकोभर ‘जेन-जी’ को ब्यानरमा प्रदर्शन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार, मेक्सिको सिटीमा मुख ढाकेका प्रदर्शनकारीहरूको एउटा सानो समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू भत्काए । यसक्रममा भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गर्ने दङ्गा नियन्त्रण गर्ने प्रहरीसँग प्रदर्शनकारीहरूको झडप पनि भएको छ।

    मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजले एक प्रेस सम्मेलनमा १०० प्रहरी अधिकारी घाइते भएका जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये ४० जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    भाज्क्वेजले स्थानीय मिडिया आउटलेट मिलेनियोलाई २० जना नागरिक पनि घाइते भएको जानकारी दिए । सार्वजनिक सुरक्षा सचिवले २० जनालाई पक्राउ गरिएको र अन्य २० जनालाई ‘प्रशासनिक अपराधका लागि सुम्पिएको’ पनि बताए।

    मेक्सिकोका विभिन्न शहरहरूमा पनि प्रदर्शनहरू पनि भएका छन् । पश्चिमी राज्य मिचोआकानमा नोभेम्बर १ मा सार्वजनिक ‘डे अफ द डेड’ कार्यक्रममा गोली हानी हत्या गरिएका उरुआपानका मेयर कार्लोस मान्जोको हत्यालाई लिएर आक्रोश फैलिएको छ।

    मेक्सिको सिटीका केही प्रदर्शनकारीहरूले शेनबामको पार्टीलाई निशाना बनाएका छन् । उनीहरूले ‘मोरेना आउट’ भन्दै नारा लगाए। केहीले अपराध र हिंसा रोक्नका लागि बलियो सरकारी प्रयासको माग गर्दै ‘कार्लोस मरेनन्, सरकारले मार्‍यो’ भन्दै नाराबाजी गरे ।

    विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर-दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ।

    शेनबामको सरकारले शनिबारको देशव्यापी प्रदर्शन पछाडिको मनसायमाथि प्रश्न उठाएको छ । सरकारले उनीहरू ठूलो मात्रामा दक्षिणपन्थी राजनीतिक विरोधीहरूद्वारा आयोजित गरिएको र सामाजिक सञ्जालमा बटहरूद्वारा प्रचार गरिएको आरोप पनि लगाएको छ ।

    विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर-दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ