• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाको स्थायी र पोलिटब्युरो समिति नै भंग

    13.5K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले स्थायी र पोलिटब्युरो समिति नै भंग गरेको छ । दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गर्ने निर्णय गरेको हो । यससँगै अब सबै कमाण्ड महासचिब नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । पार्टीभित्र केहि सिमित व्यक्तिले अलि अराजकता मच्चाउन खोजेपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कठोर निर्णय लिएर स्थायी समिति र पोलिटब्युरो भंग गरेको बुझिन्छ । तर यस विषयमा नेकपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पार्टीमाथि प्रतिबन्ध लागेपछि नेकपाका स्थायी समिति सदस्य हेमन्त, पोलिटब्युरो सदस्य भरत बम र चर्चित जनकलाकार समेत रहेका केन्द्रीय सदस्य माइला लामासहित ५ सय बढी नेता कार्यकर्ता अहिले पनि जेलमा छन् । केहि समयअघि नेकपा र सरकारबीच बार्ताको हल्ला समेत चलेको थियो ।

    यसैबीच करछली गर्दै आएको एनसेलमाथि आफुले जनकारवाही गरेको नेकपाले जनाएको छ । नेकपा सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले संचारकेन्द्रसंग कुरा गर्दै पटकपटक चेतावनी दिदा पनि सरकारलाई कर नतिरेकाका कारण एनसेलमाथि जनताले जनकारवाही गरेको बताएका छन् । करछली, मानव तस्करी, भ्रष्टाचार र घुसखोरी गर्नेलाई कारबाही गर्ने पार्टीको नीति नै भएको बताए । ‘राज्यलाई अरबौं कर नतिर्ने तर जनतालाई चर्काे शुल्क असुली ठग्ने साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी एनसेलमाथि नेपाल कम्युनिस्ट पार्टीले साउन १५ गते देश ब्यापी कार्वाही गरेको छ ।’ नेकपा सेम ब्युरो इन्चार्ज निर्माणले संचारकेन्द्रसंग भने- ‘कर नतिरे यो कारवाहीको सिलसिला जारी रहन्छ र थप शशक्त भएर जान्छ ।’ यसअघि नेकपाले गत फागुनमा ललितपुरस्थित एनसेल मुख्यालयमा शक्तिशाली बिस्फोट गराएको थियो । उक्त विस्फोटमा परि २ जनाले ज्यान गुमाएका थिए ।

    कहाँ भयो एनसेलमाथि नेकपाकै शब्दमा जनकारवाही ?
    कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी भएकाे छ। बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ। जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ। उता, गोदावरी नगरपालिका-९ मालाखेतीमा पनि एउटा टावरमा आगजनी भएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ६ मा रहेकाे एनसेलको टावरमा समेत आगजनी भएकाे छ। आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।

    त्यस्तै डडेल्धुराको आलिताल गाउँपालिका वार्ड १ कटौजथला रहेको एनसेल टावरमा बुधबार राति आगजनी भएको छ। टावर घेरबारमा राखिएको गेटको ताल्चा फोरेर भित्र गई आगजनी गरेएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। गजनीबाट सिस्टम सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न केवल, बिटिएस बक्स, ब्याट्री बक्स, एसइडिपी च्यानललगायतका सामान जलेर नस्ट भएको प्रहरीले जनाएको छ। आगजनीपछि उक्त क्षेत्रमा एनसेलको नेटवर्क बन्द भएको स्थानीयले बताए। आगजनीबाट अछाममा बिजायक र तुर्माखाँदमा गरी दुईवटा टावर र बाजुराकाे बुढीगंगा बार्जुकाेटमा रहेको टावर ध्वस्त भएको छ । उता बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा र बैतडीको दाेगाडाकाे सित्तड र पुर्चाैडिकाे कुडिमा गरी दुईवटा टावर ध्वस्त भएका छन्

    बिहीबार बिहान नै बाँकेमा एनसेलका २ टावरमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका-४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान साढे १ बजेतिर जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको छ। आगजनीबाट टावरका तारमा क्षति पुगेको छ।  यता पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको छ। आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। जुटको बोरामा मटितेल राखेर आगजनी गरिएको देखिएको छ। आगजनीबाट टावरको तल्लो भागमा क्षति पुगेको छ। आगजनीपछि तत्कालन पुगेको प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

    घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटर दूरीमा छ। घटनाबारे सोधपुछ गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता म्यादीको बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति विस्फोट भएको छ। आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ। घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले आगलागीबाट जेनेरेटर जलेको र ब्याट्रीमा क्षति पुगेको जानकारी दिए। प्राविधिक वा अन्य कारणले आगलागी भएको हो सो विषयमा अनुसन्धान भइरहेको उनले बताए। बेनी बजार नजिकै रहेको खबर क्षेत्रमा राति साढे १० बजेतिर बिष्फोटको आवाज सुनिएको थियो। त्यस्तै अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ५ मैदानको अमजामा रहेको नमस्तेको टावरमा आगजनी भएको छ। यता ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा आगो लगाउने प्रयास भएको छ।

    उता मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ। मंगलबार राति पनि मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको थियो। तनहुँको घिरिङ गाउँपालिका ३ घुल्मीछापमा रहेको एनसेलको टावरमा आगलागी भएको छ। बुधबार राति १२ बजेतिर टावरमा आगलागी गरेको सूचना पाएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। आगलागीबाट तार जलेपछि टावरको सेवा रोकिएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मंगलबारेमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी भएको छ। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा सामान्य क्षति पुगेको छ।

    यस्तै पोखरा महानगरपालिका २८ माझठानामा डाँडागाउँमा एनसेल टावरमा आगलागी भएको छ। बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्। गोरखाको पलुंटार नगरपालिका- ८ दुभारमा रहेको एनसेलको टावरमा आगजनी भएको छ। बुधबार राति करिब ११ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। टावरमा जोडिएको सोलार प्रविधिका उपकरण, फाइबरका तार जलाएर नष्ट गरिएको बताइएकाे छ । घटनास्थलमा बिहानै प्रहरी पुगेकाे थियाे।  उता भोजपुरको रामप्रसाद राई गाउँपालिका- १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा बुधबार राति आगजनी भएको छ। टावरको सोलार प्यानल तोडफोड गर्नुको साथै टावरका सम्पूर्ण उपकरण जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। टावरमा रहेको ५ थान सोलारका प्यानेल, १ थान मेसिन तोडफोड गर्नुको साथै टावर र अन्य उपकरण जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ