• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    पर्वतको शालिग्राममा बम बिष्फोट, २ जना गम्भीर घाइते

    6.6K
    SHARES



    पर्वत । पर्वतमा आफैले बनाउदै गरेको बम बिस्फोटमा परी दुइ जना युवा घाइते भएका छन् । जिल्लाको बिहादी गाउँपालिका ६ शालिग्राममा ति दुइ युवाले बम बनाउँदै गर्दा बिष्फोट भएको हो ।

    आइतबार साँझ फलामको पाइपमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट भएको स्थानियहरुले बताएका छन् । बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका छन ।

    घाइतेहरु घर्ति र रानालाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रत्यक्षदर्शी स्थानियले सञ्चारकेन्द्रलाई बताएका छन् । गम्भीर घाइते भएका घर्तीको मिसन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ भने अर्का घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वतले घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । उनीहरुले बम बनाएर खोलामा माछा मार्न जाने तयारीका क्रममा बिष्फोट भएको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । आउदा दिनहरुमा यस्ता घटना हुन नदिनका लागि आफुहरुले बिशेष अप्रेशन नै चलाउने समेत निरीक्षक रानाले बताए ।

    यसैबिच प्रहरीले सुर्खेतको जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला पारेको छ । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा उक्त परिमाणका घरेलु भरुवा बन्दुक फेला पारेको हो ।

    उक्त बन्दुक प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताए ।

    उनले बराहतालबाट यतिका धेरै बेबारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएको र आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताए ।

    त्यस्तै आजै यता काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

    गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो । उनी ६ वर्षदेखि फरार रहँदै आएका थिए ।

    सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

    महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले तामाङको दायाँ खुट्टामा गोली लागेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि हतियार आक्रमण प्रयास भएपछि तामाङमाथि गोली चलाएको थापाले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ