• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    ‘सुन साइली’का चर्चित अडियो इन्जिनियरले आफ्नै भाई बुहारीको टाउको छिनालेपछि यसो भने

    24.2K
    SHARES



    काठमाडौं । ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महत बुहारीकाे हत्या गरेकाे आराेपमा पक्राउ परेका छन् । महतलाई बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा आफ्नै भाइकी श्रीमती अर्थात् बुहारीको निर्मम हत्या गरेको आरोपमा अहिले उनी प्रहरी खोरमा छन्।

    उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्। उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्। ‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ।

    महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ।

    परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन्। उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन्। एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे। स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।

    बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने।

    बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।

    प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो। उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन्।

    पछिल्लोसमय नेपालमा यसप्रकारको अपराधका घटनाहरु ह्वात्तै बढेका छन् । यस्तै अपराध गरेर भागेका २ जनालाई फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट किस्पाङ ४ ठूलो गाउँ बस्ने २५ वर्षीय योगेश तामाङ र सोही स्थान बस्ने ३१ वर्षीय चन्द्र तामाङ रहेका छन्।

    २०७५ साल माघ ५ गते नुवाकोट किस्पाङ ४ ठूलो गाउँमा ३१ वर्षीय दिलिप तामाङलाई धारिलो हतियार प्रहार गरी टाउको, सोको पछाडि र पिठ्यूमा समेत काटी सख्त घाइते बनाएर उनीहरू फरार थिए।

    सोही स्थानका मेघ बहादुर तामाङको जाहेरीको आधारमा योगेश तामाङ र चन्द तामाङलाई पक्राउ गरे पनि अर्को १ जना चन्द्र तामाङ भने फरार रहेको नुवाकोट प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

    स्थानीय स्थानीय बीचको झगडाको क्रममा हतियार र खुकुरी लिई सांघातिक आक्रमण गरी फरार रहेकोमा प्रहरीको विशेष सुराकीको आधारमा ४ महिनापछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए। उता इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ।

    कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैंले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासीले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। सो क्रममा प्रहरीले पाँच/सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

    प्रहरीले बल प्रयोग गरी राजमार्ग सञ्चालनमा ल्याएको छ। तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ भन्दा बढीलाई नियन्त्रणमा लिएको छ। घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ