• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    रिपोर्टिङमा हिडेका पत्रकार अधिकारी गिरफ्तार, तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठनको माग

    9.9K
    SHARES



    पोखरा । नेपाल पत्रकार महसंघ कसकीका पुर्व उपाध्यक्ष तथा क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका केन्द्रीय सचिव राजेन्द्र अधिकारीलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको छ ।

    अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका पत्रकार अधिकारीलाई प्रहरीले पोखराको पिएन क्याम्पसनजिकैबाट सोमबार बिहानै गिरफ्तार गरेको हो । पत्रकार अधिकारीको गिरफ्तारीको चौतर्फी बिरोध सुरु भएको छ ।

    नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार पक्राउ घटनाबारे आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार अधिकारीको गिरफ्तारीको उनीहरुले बिरोध गरेका छन् ।

    त्यस्तै क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले पत्रकार अधिकारीलाई तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष डिल्लीराज रावतले अधिकारीलाई गिरफ्तार गरेर ओली सरकारले प्रेसमाथि हमाल गरेको भन्दै यस्तो ज्यादती बन्द गर्न र उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    प्रेसको घाटी निमोठ्ने ओली सरकारको निन्दनीय कदमको उनले भत्सर्ना गरेका छन् । रिपोर्टिङमा हिडेका पत्रकार अधिकारीलाई तत्काल रिहा नगरे कडा संघर्ष जाने उनले चेतावनी समेत दिएका छन् ।

    यस्तै सङ्गठनका निवर्तमान अध्यक्ष प्रभात चलाउने पत्रकार अधिकारीको तत्काल रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका चलाउनेले सामाजिक सञ्जाल फेसबुकमार्फत अधिकारीको गिरफ्तारीप्रति घोर भर्त्सर्ना गरेका छन् ।

    ‘नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सचिव राजेन्द्र अधिकारीलाई अाज बिहानै प्रहरीले गिरफ्तार गरेकाे छ । पूर्व पत्रकार समेत रहेका सञ्चारमन्त्री गाेकुल बास्काेटाकाे निरन्तर प्रेसप्रतिका कडकडाउ धम्कीपूर्ण अभिव्यक्तिपछि याे गिरफ्तारी भएको छ ।’ उनले लेखेका छन्- ‘विनाकारण प्रहरीले गरेकाे यस गिरफ्तारीले प्रेसमाथि वर्तमान सरकार कति निर्दयी छ भन्ने कुरा उदाङ्गाे भएकाे छ । पत्रकार अधिकारीकाे गिरफ्तारीकाे घाेर भ्रर्त्सना गर्दै तत्काल रिहा गर्न माग गर्दछु ।’

    पत्रकार अधिकारीको रिहाइको माग गर्दै चौतर्फीरुपमा पत्रकारले गिरफ्तारीको बिरोध गरेका छन् । यसैबीच सोमबार नै सोहि कार्यक्रमबाट २ जना विद्यार्थी नेतालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वललाई प्रहरीले क्याम्पस हाताभित्रबाटै गिरफ्तार गरेको उक्त सङ्गठनले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ