• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र समाचार

    गेस्ट हाउसको बन्द कोठामा चार महिलासित के गर्दै थिए एक्ला पुरुष ? खुल्यो यस्तो रहस्य

    81.4K
    SHARES

    काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ आदर्श स्थित एक गेस्ट हाउसबाट प्रहरीले चार महिला र एकजना पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह गेस्ट हाउसको कोठामा प्रहरीले छापा मारी अनैतिक कृयाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीले गेस्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने वर्ष ४५कि पार्वती भन्ने गोमा गोतामेलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका उपर जिल्ला अदालत भक्तपुरमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । एउटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ अफेयर

    निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि–घरि शारिरीक सम्बन्ध पनि जोडियो । निर्मला अमेरिका पुगिन् बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ ।

    उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो । ‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्,‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’

    निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा सबै कसीसम्म पुग्यो । अहिले दुवैबीच सम्बन्ध छैन । यो सम्बन्ध अस्थायी नै थियो । बिक्रमले यस्तो प्रकारको अस्थायी सम्बन्ध झन्डै ६ जना महिलासँग राखिसकेका छन् । उनको सम्पर्कमा आएका महिलाका विषयमा भने जानकार छैनन् । खर्चालु स्वभावका उनी भन्छन्,‘ठाउँमा पुगेपछि त्यहिअनुसारको सम्बन्ध स्थापित हुन्छ । मन मिल्यो भने तन मिल्नलाई समय लाग्दो रहेनछ । कतिपयको त आवश्यकता मिल्यो भने फटाफट काम हुन्छ ।’

    ठमेलको एउटा व्युटी पार्लर सञ्चालन गरेकी अस्मिता (नाम परिवर्तन)सँग वानेश्वरको एक होस्टेलमा बस्ने गुरु अधिकारी (नाम परिवर्तन)को भेट सामाजिक सञ्जालमा भएको थियो । उनीहरू क्लवमा भेट्ने योजना बन्यो । ठमेलको एउटा क्लवमा राम्रो चिनजान भएपछि अस्मिताले नै सम्बन्धमा रहनका लागि गुरुलाई प्रस्ताव गरिन् । आफ्ना पति अस्ट्रेलियामा रहेको र ६ महिनामा फर्किने बताउँदै गुरुसँग त्यसबेलासम्मको सम्बन्ध कायम राख्ने सहमति बनेको थियो । एक्लै बस्ने अस्मिताको घरमै गुरुका धेरै समय बिते । अहिले दुवैको सम्पर्क छैन । गुरु भन्छन्,‘यस्तो पनि सम्बन्ध र प्रेम गाँसियो, ६ महिनासम्म माय पनि गरियो मस्ती पनि गरियो ।’

    विवाह उत्तरका सम्बन्धको कमी छैन, सहरमा । यो एक जोडीको अस्थाई सम्बन्धको मात्र कथा हो । कतिपय नाम चलेका सेलिब्रिटीसँगै यस्तो सम्बन्ध राख्नेहरू पनि छन् । आवश्यकता र अवसरको यस्ता सम्बन्ध प्रायः कामकाजी पतिका बेगारी पत्नी र टाढा रहेकी पत्नीका अवसरवादी पतिबीच हुने गरेको देखिन्छ । ‘आफ्ना पतिसँग सन्तुष्ट नभएका, यातना पाउने गरेका महिलाले सहानुभुति, माया र सम्बन्ध चाहेका हुन्छन् । त्यस्ता महिलालाई प्रेम दिनु पनि राम्रो काम हो’, अभिमान खड्का (नाम परिवर्तन) भन्छन्,‘यस्तो सम्बन्ध ताकेर होइन, संयोगले नै बन्छन् ।’

    विवाहपछिको फरक सम्बन्ध भन्दा केही भिन्न हुन्छ सम्झौताको सम्बन्ध । तत्कालिक आवश्यकताको एउटा समयसीमासम्म सम्बन्ध गाँस्ने र त्यसपछि कुनै सरोकार नराख्ने प्रवित्ति अहिले सहरमा व्याप्त हुन थालेको छ । यस्तो सम्बन्धले परिचय, प्रेम र अपराध कर्म पनि गराउने गरेका नेपालमा प्रशस्त उदाहरण छन् । यस्ता सम्बन्धहरूको बारेमा खुलाउने ठाउँ प्रहरीको अपराध शाखा पनि हो । एक अधिकारी भन्छन्,‘थोरै समयमा सम्बन्ध बनाएर सबै कारोबार गर्ने अनि ठगी भयो भनेर पनि उजुरी आउने गरेका छन् । बुझ्दै र खोज्दै जाँदा प्रेमीप्रेमिकासम्म भएको पाएका छौं ।’

    छिटो रकम कमाएका, धनाड्य परिवारका छोराछोरी, अकुत सम्पत्ति कमाउनेहरू र युरोप अमेरिकामा आफ्ना जोडी भएका धेरै युवायुवतीको सम्बन्ध डिस्को लगायतका महँगा ठाउँमा बन्छन् । त्यहिँ एउटा सम्झौता हुन्छ र केही वर्ष, महिनाको अन्तरालमा टुट्छ । यस्तो सम्बन्धको खास उदाहरण त सुन तस्करीमा संलग्नता रहेका सनम शाक्यकै पनि बनेको प्रमाणित भइसकेको छ । जसको निशा सेन ठकुरीसँग अफेयर रहेको बनिसकेको बताइएको थियो ।

    सुन काण्डकै मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको पनि रक्षा भण्डारीसँग सम्झौताको सम्बन्ध रहेको अनुसन्धानले खुलाइसकेको छ । छिटो पैसा कमाउने र खर्च गर्न सिपालुहरूका लागि अस्थायी सम्बन्ध साधारण बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । यस्ता सम्बन्धमा निहीत स्वार्थ पनि हुन्छन् । तर, इमान्दार सम्झौता हुने गरेको पाइन्छ ।

    यी देखिएका प्रतिनिधि पात्र मात्र हुन् । सम्झौताको सम्बन्धको मुख्य आधार लिभिङ टुगेदर पनि हो । जुन काठमाडौंमा व्याप्त भइसकेको छ । ‘यौन आशक्तिमा केन्द्रित रहेर यस्ता सम्बन्ध बढि से बढि कायम हुने गरेका छन् । युरोप अमेरिका तिर यस्ता सम्बन्धलाई समान्य ठानिन्छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ