• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    क्रान्तिकारीका सिटीइभिटी संयोजक बिक र उपत्यका जिल्ला अध्यक्ष शाही गिरफ्तार

    7.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अखिल (क्रान्तिकारी) का सिटीइभिटी संयोजक हर्क बिक र उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    बिहिबार बिहान दुवै जनालाई काठमाडौंबाट गिरफ्तार गरेको स्रोतले बतायो । स्रोतका अनुसार बिक र शाहीलाई सानेपाबाट गिरफ्तार गरेको हो । उनीहरुलाई केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि पनि जानकारी दिएको छैन ।

    क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले आफ्ना २ नेता गिरफ्तार परेको पुष्टि गरे । ‘उहाँहरुलाई सानेपाबाट गिरफ्तार गरेको छ, केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा हामी केहि जानकारी दिएको छैन ।’ उनले संचारकेन्द्रसँग भने- ‘- ‘सांगठनिक काममा हिडीरहेको अवस्थामा पनि साथीहरुलाई प्रहरीले अपराधीलाई झैँ पछिपछि लागेर समात्न थालेको छ । राज्यको हर्कतको हामी भ्रत्सर्ना गर्दछौं ।’

    सांगठनिक कामको सिलसिलामा हिडीरहेको अवस्थामा संयोजक बिक र अध्यक्ष शाहीलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेक छन् ।

    यस विषयमा थप बिबरण आउन बाकि छ । खासगरी सिटीइभिटीभित्र हुने गरेका भ्रष्टाचार, विकृति, विसंगतिका बिरुद्ध अखिल क्रान्तिकारी भण्डाफोर गर्दै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ