• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर मुख्य समाचार समाचार

    हेर्दाहेर्दै हिउँले ढपक्कै ढाक्यो चन्द्रागिरी हिल्स (फोटो फिचर)

    13K
    SHARES

    काठमाडौं । मौसममा आएको बदलीसँगै काठमाडौंको चन्द्रागिरी हिल्समा हिमपात भएको छ । काठमाडौं उपत्यकाका शहरमा सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा हिमपात भएको हो ।

    हिमपात भएसँगै हिउँ खेल्नका लागि युवा युवतीहरु चन्द्रागिरी पुग्ने क्रम पनि सुरु भएको छ । उपत्यकाबाट सबैभन्दा नजिकको दूरीमा रहेको चन्द्रागिरी हिल्समा केवलकार चढेर हिउँ परेको मनमोहक दृश हेर्न र डाँडामा पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकहरु यतिबेला चन्द्रागिरी पुगेका छन् ।

    यो सिजनमा राजधानीका साथै धादिङ, काभ्रे लगायतका क्षेत्रबाट हिउँ खेल्ने अनुभव लिन चन्द्रागिरी उक्लने युवायुवती यहाँ बग्रेल्ती भेटिन्छन् । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ ।

    हिमपात र वर्षा भएसँगै काठमाडौंमा चिसो पनि ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा आज (सोमबार) विहानैबाट मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा विहानैबाट वर्षात र पहाडी क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

    विभागकी मौसमविद् शान्ती कणेलका अनुसार काठमाडौं उपत्यकासहित दिपायल, सुर्खेत लगायत आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको आज विहान ६ बजेको न्यूनतम तापक्रम ६.८५ डिग्री सेल्सियस रहेको छ । हिजो (आइतबार) बिहान ६ बजेको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको थियो ।

    उता मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा भारी हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिए ।

    त्यस्तै पहाडी जिल्लाहरु जाजरकोट, कालिकोट, बाजुरा, हुम्ला डोल्पा, उता मनाङ र मुस्ताङमा पनि आज बिहानैदेखि हिमपात भइरहेको छ ।हिउँदे वर्षासँग भोलिदेखि बिहान र साँझपख जाडो बढ्ने अनुमान गरिएको छ। बादल लागेकाले सोमबार भने राजधानी न्यूनतम तापक्रम आइतबारभन्दा पाँच डिग्री बढेको थियो।

    पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।

    तस्बिरहरूः चन्द्रागिरी हिल्सका म्यानेजर अभिसेक विक्रम शाहको फेसबुकबाट)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ