• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी बागमती मुख्य समाचार

    क्रान्तिकारी पत्रकारहरुको घेराबन्दीमा परेपछि संचारकर्मीलाई थर्काउने हाकिमले मागे माफी (भिडीयो)

    7.1K
    SHARES

    काठमाडौ । समाचार संकलनका क्रममा यातायात व्यवस्था विभाग मिनभवन बानेश्वर पुगेका पत्रकारले भिडियो र फोटो खिचेको भन्दै दुर्व्यवहार गर्ने एक जना सरकारी हाकिमले माफी मागेका छन् ।

    सगरमाथा टेलिभिजनकि पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा दुर्व्यवहार गर्ने यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले क्रान्तिकारी पत्रकार संगठन नेपाल समक्षम माफी मागेका हुन् ।

    संगठनका उपाध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालकाे नेतृत्वमा गएकाे संगठनकाे टाेलीले निर्देशक शाहलाई उनकै कार्यकक्षमा करिब ४० मिनेट घेराबन्दी गरेर संचारकर्मीमाथि गरिएको दुर्व्यवहारबारे माफी माग्न भनेपछि उनले माफी मागेका हुन् ।

    संगठनले रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकाेमा माफी माग्न र अाइन्दा यस्ता व्यवहार नदाेहाेर्याउने प्रतिवद्धता व्यक्त गर्न अडान लिएपछी उनले आफ्नो व्यवहारबाट पर्न गएको नकारात्मक प्रभावप्रति माफी मागेका छन् ।

    क्रान्तिकारी पत्रकार संगठन, नेपालले मुलुकी ऐन (फाैजदारी र देवानी संहिता) संशाेधनका लागि शुरुदेखि नै अान्दाेलन गरिरहेकाे अवगत गराउँदै संगठनका उपाध्यक्ष जैसीले उक्त व्यवहारप्रति माफी माग्न र अाइन्दा यस्ता घटना नदाेहाेर्याउने प्रतिवद्धता जनाउन दवाव दिईका थिए ।

    निर्देशक शाहले उक्त घटना दुखत भन्दै माफी माग्दै अाइन्दा यस्ताे व्यवहार नगर्ने र पत्रकारहरुकाे अान्दोलनमा अाफ्नाे पनि ऐक्यबद्धता रहेकाे बताए । यस्तै महासचिव भुषालले सार्वजनिक पदमा बसेपछि संचारकर्मीले फाेटाे, भिडीयो खिच्न अनुमति माग्नुपर्छ भन्नू र जथाभावी गालीगलाैजमा उत्रनु प्रेस विराेधी हर्कत भन्दै अापत्ति जनाएका थिए ।

    संगठनका बरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, भाैतिक मल्ल, धनन्जय बुढा, केन्द्रीय सदस्यहरु करण बडाल, सुरज प्याकुरेल, शाेभराज बराललगायतका जुझारु पत्रकारकाे टाेलीले निर्देशकलाई मिडियाप्रति राज्यका कर्मचारी जिम्मेवार बन्न र यस्ता हर्कत नदाेहाेर्याउन सचेत गराएका थिए ।

    यसैबिच निर्देशक शाहबाट दुर्व्यवहार भाेगेका टेलिभिजन पत्रकार शिखा र अजयले अाफुहरुप्रति भएकाे व्यवहारप्रति चासाे दिएर खबरदारी गरेकाेमा क्रान्तिकारी पत्रकार संगठन नेपाललाई धन्यवाद दिएका छन् ।

    केन्द्रीय सदस्य सुरज प्याकुरेलसँग टेलिफाेनमा कुरा गर्दै पत्रकारद्वयले भने, -“हामीमाथि भएकाे प्रेसविराेधी हर्कतका विरुद्ध सशक्त खबरदारी गरेकाेमा टाेली र संगठनलाई धन्यवाद दिन्छाै ।”

    क्रान्तिकारी पत्रकार संगठन नेपालले पछिल्लोपटक विभिन्न मिडिया हाउसमा श्रम शोषणमा परेका श्रमजीवी पत्रकारहरुलाई न्याय दिलाउने, मिडिया हाउसलाई न्युनतम पारिश्रमिक लागु गर्न ध्यानाकर्षण गराउने र संचारकर्मीहरुमाथि हुने दुर्व्यवहारबारे चासो राख्दै त्यसका विरुद्ध तत्काल कडा उत्रिने गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ