• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Uncategorized

    प्रभु म्यानेजमेन्टले हुण्डीमार्फत रेमिट्यान्स कारोबार गर्ने गरेको खुलासा, सिटिजन्स बैंकमा गर्थ्याे जम्मा

    2.3K
    SHARES



    काठमाडौं । सिटिजन्स बैंकमा रहेको प्रभु म्यानेजमेन्ट कम्पनीद्वा्रा सञ्चालित बैंक खातामा दुई अलग–अलग हस्ताक्षर समूहको संयोजन आवश्यक पर्ने व्यवस्था रहेको खुलासा भएको छ। खाता सञ्चालकहरूको रूपमा ‘क’ समूहमा सन्तोष कुमार लामा र कुसुम लामा तथा ‘ख’ समूहमा हेमबहादुर महाजु र श्रुतिका तामाङ तोकिएका थिए।

    त्यस खाताबाट कुनै पनि वित्तीय कारोबार गर्न प्रत्येक समूहबाट एक–एक जनाको हस्ताक्षर अनिवार्य रहने व्यवस्था थियो। सिटिजन्स बैंकको कोल्हाबी शाखामा रहेका केही खाताहरूमा पटक–पटक शङ्कास्पद रूपमा ठूला रकम जम्मा भएको खुलेको छ।

    प्रारम्भिक विवरणअनुसार प्रभु म्यानेजमेन्टको नाममा सञ्चालन भएको खाता नम्बर ००१०१०००१८१८२०१ मा, साथै बी एण्ड एस सब रेमिट, बिध्यानन्द दास ततम, राजु कुमार र अन्य विभिन्न व्यक्तिहरूको नाममा खोलिएका खाताहरूमा पनि रु ९ लाख ९९ हजार ५०० को आसपासका रकमहरू क्रमशः जम्मा भएका देखिएका छन्।

    सो खातामा जम्मा भएको रकम मध्ये रामबाबु प्रसाद जयसवालले मात्र जम्मा गरेको ५ करोड ५१ लाख रुपैयाँ शङ्कास्पद हुण्डीको कारोबार भएको नेपाल राष्ट्र बैंकबाट प्रात्त सुचनामा देखिएको सीआईबीले जनाएको छ । जयसवालको नाममा सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाताहरू मार्फत २०२० देखि २०२५ सम्ममा १ खर्ब २७ अर्ब शङ्कास्पद कारोबार भएको देखिएको छ ।

    उल्लेखित तथ्यहरूको आधारमा प्रभु म्यानेजमेन्ट प्रालिले कम्पनीको नाममा सञ्चालन भएको सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा जयसवालको समेतका प्रतिवादीहरूसँग मिलेमतो गरी नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डी मार्फत हिसाब मिलान गरेको खुल्ने सीआईबीको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

    रेमिट कारोबारको क्रममा रेमिट रकम भुक्तानी मात्र हुने तर प्रस्तुत कारोबारमा एकै दिनमा पटक–पटक रकम जम्मा भएको देखिँदा प्रभु म्यानेजमेन्ट प्रालिका कुसुम लामासमेतले रेमिट कारोबारको आवरणमा अवैध रूपमा शङ्कास्पद कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ