• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कम्युनिष्ट धर्म विरोधी होइनन्, भिरुहरुका अफवाहको भण्डाफोर गर्दैछौं : पुन

    7.7K
    SHARES



    कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले नयाँ समाज र संस्कृति निर्माण गर्दै सामाजिक स्वतन्त्रता,समृद्धि र एकताका लागि वैज्ञानिक समाजवादी व्यवस्था अबकाे अनिवार्य आवश्यकता रहेको बताएका छन् ।

    बिहिबार नेकपा कञ्चनपुरले तिहार तथा छठ पर्वको उपलक्ष्यमा अयोजना गरेको शुभकामना तथा समाजवादी विचार आदान प्रदान कार्यक्रममा बोल्दै उनले अहिलेको वाम खोल ओढेको सरकारले एकपछि अर्को राष्ट्र र जनताका विरुद्ध काम गर्दै गईरहेको आरोप लगाए । साथै समाजमा विभिन्न खालका सामाजिक विकृती, विसंगती,असन्तुलन र चरमोत्कर्षमा पुगेको उनको भनाइ छ ।

    केहि व्यक्तिले कम्युनिष्टलाई धर्म विरोधी भएको आरोप लगाउने गरेको बताउदै नेता पुनले भने- ‘कम्युनिष्ट धर्म विरोधी नभएर धर्म निरपेक्ष हो । र सबै धर्म संस्कृतीलाई समान ढंगले सम्मान गर्दै धर्म भिरुहरुले फैलाएको अफवाहको भण्डाफोर गर्दै अगाडि बढीरहेका छौं।’

    उनले आफ्नो पार्टी राष्ट्रवादी शक्तीहरु सहितको समाजवादी व्यवस्था निर्माणका लागि अन्तिम तयारीमा रहेको जानकारी दिँदै यतिबेला सम्पुर्ण देशभक्त राष्ट्रवादी शक्तीहरुको साथको आवश्यकता भएको बताए ।

    त्यस्तै कार्यक्रममा बोल्दै महाकाली व्युरो ईन्चार्ज राप्तीले अबको लडाई प्रहरी सेनासित नभएर सामाजिक दलाल नोकरशाहीहरुका विरुद्ध भएको बताएका छन् । क्रान्तिबाट भागेर संसदवादमा बिलय भएका केहि सिमित व्यक्तिले अनावश्यक भ्रम फैलाउने कोसिस गरे पनि आफूहरु राजधानीमै रहेर जनताको मुक्तिका लागि अन्तिम लडाई लड्ने प्रष्ट पारेका छन् ।

    जिल्ला सेक्रेटरी परीवर्तनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता पुन र राप्तीसहित जिल्ला ईन्चार्ज अग्नि, नेपाली कांग्रेस जिल्ला सह-सचिव लेखराज जोशि, नयाँ शक्ती नेपालका नेता महादेव भट्ट, ग्रेटर नेपालका संयोजक गजेन्द्र पाण्डेय लगायत राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी माओवादीका नेताहरुले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा समाजसेवी, बुद्धिजिवि, मानवअधीकारकर्मी, कानुन व्यवसायी, पत्रकार र स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ