• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार समाचार

यी हुन् पत्रकारमाथि चक्कु प्रहार गर्ने वडाअध्यक्ष, कमिसनको पोल खुल्ने डर

70.2K
SHARES



दाङ । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले कार्यामै चक्क प्रहार गरेका थिए । पूर्व माओवादी केन्द्रबाट निर्वाचित भट्टराईले पत्रकार पिबीको पछाडिबाट चक्कु प्रहार गरेका थिए ।

घाइते पत्रकार पिबीका अनुसार नगरपालिका भित्रका खोलाको ठेक्काको विषयमा वडाअध्यक्ष र नेत्रबहादुर घर्तीबीच विवाद भएको थियो । वडाअध्यक्ष भट्टराईले घर्तीमाथि चक्कु प्रहार गर्न लाग्दा पत्रकार पिबी छुट्याउन गएका थिए । त्यही चक्कुले वडाअध्यक्षले पत्रकार पिबीको पछाडिबाट टाउकोमा हानेका थिए ।

उपचारमा रहेका पत्रकार पिबीले आफूमाथि वडाअध्यक्षले किन आक्रमण गरे केही जानकारी नभएको बताए । कमिसनको चलखेल हुन लागेको सूचना आएपछि पत्रकार पिबी नगरपालिका पुगेका थिए । ठेक्काको विवादबारे सार्वजनिक हुने डरले हानेको हुन सक्ने बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ