• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    पत्रकारमाथि आक्रमण गर्ने वडाअध्यक्षलाई कार्वाहीको दायरामा ल्याउन क्रान्तिकारी पत्रकार सङ्गठनको माग

    10.6K
    SHARES



    काठमाडौं ।

    क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।

    सोमबार संगठनका केन्द्रिय सदस्य केन्द्र प्रकाश पिविलाई स्वर्गद्वारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले हतियार प्रहार गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण जनाउदै संगठनले कार्वाहिको माग गरेको हो ।

    घटनालगत्तै मंगलबार संगठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावतले एक विज्ञप्ति सार्वजनिक गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । अध्यक्ष रावतद्वारा हस्ताक्षरित गरेकाे विज्ञप्तीम भनिएको छ –“ देशमा हत्या, हिंसा बलात्कारका घटना श्रृखलात्मक ढंगले वृद्धि भएका छन । समाजवाद उन्मुख संविधान भएको दावी गर्ने सरकार जनपक्षिय पत्रकारमाथि आक्रमण हुदा पनि सुरक्षा दिन सक्दैन । यसले पनि यो पुष्टि गर्छ कि यो जनपक्षिय सरकार हैन ।”

    विज्ञप्तीमा घटनाको भत्सर्ना गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना सहित सरकार र सरकारका प्रतिनिधिबाट नै हुने यस्ताखाले घृणित क्रियाकलापले व्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा गरेको छ समेत जनाएको छ ।

    विज्ञप्तीमा अगाडि भनिएको छ –“पत्रकार, श्रमिक, तथा आम जनता लगायत सबैमा शक्तिका बलमा गरिने यस्ता हर्कत सच्याउन सरकारका सबै तहलाई अनुरोध गराउदछौं । अन्यथा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ । त्यसको जिम्मेवार वर्तमान सरकार नै हुने स्पष्ट पर्दछौ ।”

    पिडित पत्रकार पिबीले मंगलबार दिउसो नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले आफुमाथि भौतिक आक्रमण गरेको जानकारी संचारकेन्द्रलाई दिएका थिए ।

    घाइते पत्रकार पिबीका अनुसार सोमबार दिउँसो ३ बजेतिर वडाध्यक्षले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृको कार्यकक्षमा नै धारीलो हतियारले हानेका हुन ।

    कार्यालयमा रहेका नेत्रबहादुर घर्तीलाई हतियार प्रहार गर्दा छेक्न जाने क्रममा आफुलाई भट्टराईले पछाडीबाट धारिलो हतियार खुकुरीले हानेको उनले बताए ।

    २०७५ असोज २९ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ