• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेपालमै यस्तो: आमा-छोरी दुवै पालैपालो यौनप्यास मेटाउने साधन, अन्ततः बाहिरियो लिम्बुको कुकर्म

    24.3K
    SHARES



    तेह्रथुम ।

    तेह्रथुमका २० वर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो ।

    धोबीघाटामा ३० वर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

    श्रीमानसँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् ।

    सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे । मन्थलीले खुसीको दिन आएजस्तो महशुस गर्न थालिन् ।

    झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया जावलाखेल परिवर्तन् लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् ।

    समय वितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो । एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् ।

    भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखमा राखेर माया साटिन् । तर उनको खुसीको क्षण केही बेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुर्व्यहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताइन् ।

    होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाइन् । उनले त्योभन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् ।

    कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ