काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, सुशासन के हुन्छ भनेर तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– भन्ने जुन उहाँले विश्वास देखाउनु भएको छ, जारी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।
उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।
‘तपाईंको यो मन्त्री, दाई भाई छोरा एउटै कुराले ढल्छ । त्यो भनेको अर्को गोली चल्नुपर्छ । अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन । म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया