• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालमै यस्तो: यौन सम्बन्ध राख्दाराख्दै ३८ बर्षीया महिलाको ज्यान गयो, १९ बर्षीय युवक पक्राउ

    28.9K
    SHARES



    रुकुम । 

    यौन सम्बन्ध राख्दा राख्दै रुकुममा महिलाको मृत्यु भएपछि रुकुममा एक युवक पक्राउ परेका छन् ।

    रुकुम सदरमुकाम मुसीकोट खलंगामा रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसीको बुधबार ज्यान गएको हो ।

    प्रहरीले मुसीकोट नगरपालिका वडा नं। १ का १९ बर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ । उनले यौन सम्पर्क गर्ने मनसायले महिलालाई आफ्नो कोठामा लिएर गएको र यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको बयान दिएका छन् । महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेका थिए ।

    युवकलाई हिरातमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।

    २०७५ जेठ १६ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ