• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    जन्तर–मन्तरमा सीजेपीको प्रदर्शन, झडप आशंकामा ६ जना पक्राउ

    303
    SHARES



    नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार दिल्लीको जन्तर–मन्तरमा आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलन समर्थक र विरोधी समूहबीच तनाव बढ्न सक्ने सूचनापछि उनीहरूलाई सावधानीस्वरूप नियन्त्रणमा लिइएको दिल्ली प्रहरीले जनाएको छ।

    सीजेपीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ विद्यार्थी तथा युवाको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले विभिन्न परीक्षा तथा भर्ती प्रक्रियामा भएको भनिएको अनियमितताको विरोध गर्दै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए।

    प्रहरीले प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको जनाएको छ। प्रदर्शनमा सहभागी धेरै युवाले कक्रोचको मुखुण्डो लगाएका थिए भने केहीले फूल बोकेर विरोध जनाएका थिए। विद्यालयका विद्यार्थीहरू समेत अभिभावकसँग प्रदर्शनमा सहभागी भएका थिए।

    यसैबीच, अभिजीत दिप्केले आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकार सामाजिक सञ्जाल गतिविधिमाथि केन्द्रित भएको आरोप लगाए। उनले सीजेपीका सामाजिक सञ्जाल एकाउन्टहरू ह्याक गरिएको तथा केही पोस्टहरू हटाइएको दाबी गरे।

    प्रदर्शनलाई सम्बोधन गर्दै दिप्केले भने, “हाम्रा पोस्ट हटाउन सक्नुहुन्छ, तर हाम्रो आवाज दबाउन सक्नुहुन्न।” प्रदर्शनलाई मध्यनजर गर्दै जन्तर–मन्तर र राजधानीका अन्य संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरीले प्रदर्शनस्थल वरिपरि ब्यारिकेड राखेर निगरानी बढाएको जनाएको छ।

    नीट, सीयूईटी, सीबीएसई र एसएससीलगायत परीक्षा तथा भर्ती प्रक्रियामा अनियमितता भएको आरोपपछि सीजेपीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अभियान चलाउँदै आएको छ। संगठनले परीक्षा प्रणालीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न माग गर्दै आन्दोलन जारी राखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ