• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    क्षिण सुडानमा द्वन्द्वको असर, ३ लाखभन्दा बढी नागरिक विस्थापित

    323
    SHARES



    काठमाडौँ । दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण मानवीय संकट गहिरिँदै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। महिनौँदेखि जारी हिंसात्मक घटनाका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित हुन बाध्य भएका छन्।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का अनुसार जोङ्लेई राज्यको अकोबो काउन्टीबाट मात्रै करिब एक लाख ४० हजार नागरिक घर छाड्न बाध्य भएका छन्। सन् २०२५ को डिसेम्बरयता जोङ्लेई र आसपासका क्षेत्रबाट तीन लाखभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरिएको छ।

    सुरक्षाको खोजीमा करिब एक लाख नागरिक छिमेकी इथियोपियातर्फ पुगेका छन्। प्रभावित क्षेत्रमा मानिसहरूको निरन्तर आवागमन भइरहेकाले अवस्थालाई थप जटिल र अस्थिर बनाएको यूएनएचसीआरले जनाएको छ।

    संयुक्त राष्ट्रसंघले आगामी दिनमा वर्षा बढ्दै जाँदा विस्थापित परिवारहरू थप जोखिममा पर्ने चेतावनी दिएको छ। बाढी, संक्रामक रोगको जोखिम तथा राहत सामग्री वितरणमा कठिनाइ बढ्न सक्ने जनाइएको छ।

    सन् २०११ मा स्वतन्त्र राष्ट्र बनेयता दक्षिण सुडानले निरन्तर सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता र जलवायुजन्य विपद्को सामना गरिरहेको छ। हाल करिब २४ लाख दक्षिण सुडानी शरणार्थी विभिन्न छिमेकी मुलुकमा बसिरहेका छन् भने झण्डै २० लाख नागरिक आफ्नै देशभित्र विस्थापित अवस्थामा रहेका छन्।

    यसैबीच, सन् २०२३ देखि सुडानमा जारी गृहयुद्धका कारण दक्षिण सुडानले १३ लाखभन्दा बढी शरणार्थी तथा स्वदेश फर्किएका नागरिकलाई आश्रय दिएको छ। मानवीय संस्थाहरूले द्वन्द्व प्रभावित क्षेत्रमा तत्काल राहत, सुरक्षा तथा स्वास्थ्य सहायता विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ