• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रिय सभाका विभिन्न समिति सभापतिहरूले गरे शपथ ग्रहण

    114
    SHARES



    काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्।

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    बुधबार सिंहदरबारको लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको हो।

    मंगलबार भएको समिति सभापतिको निर्वाचनमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका थिए।

    कार्यक्रममा राष्ट्रिय सभाका पदाधिकारी, सांसद तथा सचिवालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ