• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आइडी कार्ड नभए कांग्रेसमा अब महाधिवेशनमा सहभागी हुन नपाइने

    181
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको औपचारिक तयारी सुरू गरेको छ।

    पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए।

    उनकाअनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभरि जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्। महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताए।

    पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘कांग्रेस परिचयपत्र’ प्रदान गर्ने भएको छ। यो परिचय पत्र सदस्यता अद्यावधिक गरेपछि मात्रै प्राप्त गर्न सकिने पनि महामन्त्री पौडैलले बताए।

    ‘कांग्रेस आइडी लिएको व्यक्तिमात्रै अब नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा भाग लिन सक्छन्। त्यो नभएको अवस्थामा पुरानो सदस्यता अद्यावधिक भएको मानिँदैन। त्यस्तो व्यक्ति महाधिवेशनमा सहभागी हुने स्थिति हुँदैन,’ उनले भने।

    उनले कसलाई दिने कसलाई निने भन्ने प्रश्न नभएको पनि बताए। ‘प्रक्रियामा आउनुभयो भने सबैले अद्यावधिक गर्ने, नवीकरण गर्ने स्थिति हुन्छ,’ महामन्त्री पौडेलले भने।

    वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नभए पुरानो क्रियाशील सदस्यता कायम नरहने पनि उनले बताए। त्यसकारण सदस्यहरू जुन भुगोल वा वडाका हुन् त्यहीँ गएर अनिवार्य रूपमा नवीकरण गर्न उनले आग्रह गरे। कांग्रेसले महाधिवेशनको तयारीलाई जरा अभियान नाम दिएको छ। ‍यस अन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन्।

    १५ औं महाधिवेशनको तयारी, सांगठानिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन्।

    पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ