• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेश केन्द्रित नेताहरूसँग संवाद्‍मा रवि लामिछाने, ठाकुर र साहसँग छुट्टाछुट्टै भेटघाट

    179
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् ।

    उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे ।

    रास्वपा सभापति लामिछानेलाई भेट्न लोसपाका अध्यक्ष ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

    पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् । आजपा अध्यक्ष साहसँगको भेटमा पनि सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवैपक्ष सहमत भएका छन् ।

    आजपा अध्यक्ष साहका अनुसार लामिछानेसँग करिब २० मिनेट भेट भएको थियो । ‘विशेष गरी सरकारले कर्णाली र मधेशलाई प्राथमिकताका साथ अगाडि बढाउन चाहेको छ । मधेशलाई कसरी विकासमा आगाडि बढाउने भन्ने विषयमै छलफल भयो’, साहले भने ।

    यसका अलावा गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई कसरी हेर्ने, अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

    भेटमा सभापति लामिछानेले सरकार सबैको हो र सबैको चाहना अनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्ने चाहेको पनि बताए । जवाफमा आफूले सरकारले राम्रो गरे समर्थन नराम्रो हुन लागेको अनुभूति भए खबरदारी गर्ने बताएको साहले सुनाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ