• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पछिल्लो निर्वाचन विश्व राजनीति पुनर्संरचनाको प्रस्थानविन्दु बन्नसक्छ : बाबुराम भट्टराई

    340
    SHARES



    काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको पछिल्लो निर्वाचन विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने प्रस्थानविन्दु बन्नसक्ने टिप्पणी गरेका छन् ।

    उनले बिहीबार फेसबुकमा आफ्नो धारणा राख्दै निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको मात्र नभई लोकतान्त्रिक आन्दोलनको गहिराइको समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

    ‘नेपालको पछिल्लो निर्वाचन परिणाम कम्युनिस्ट आन्दोलन मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनकै वस्तुपरक समीक्षा गरेर २१ औँ शताब्दीमा विश्व र नेपालको राजनीतिलाई नयाँ ढंगले पुनर्संरचना गर्ने महत्वपूर्ण प्रस्थानविन्दू बन्न सक्छ,’ भट्टराईले लेखेका छन् ।

    २१ औँ शताब्दीसँगै अघि बढेको चौथो र पाँचौँ औद्योगिक क्रान्ति, एआईलगायतका चमत्कारिक प्रविधि, अति–भूमण्डलीकृत अर्थतन्त्र, बहुध्रुवीय विश्व–व्यवस्था, भौतिक–सामाजिक–संज्ञानात्मक क्षेत्रका पछिल्ला ज्ञानविज्ञान आदिले ल्याएको असीम सम्भावना रहेको भट्टराईले बताएका छन् ।

    अर्कातिर चरम आर्थिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, राष्ट्रिय–जातीय–धार्मिक–सांस्कृतिक द्वन्द्वका गम्भीर चुनौती रहेको औँल्याउँदै नयाँ मानव सभ्यता विकास र व्यवस्थापन गर्नुपर्ने दायित्व पनि मानव जातिकै काँधमा आएको उनले बताएका छन् ।

    ‘त्यसैले यतिबेला पहिलो औद्योगिक क्रान्तिको बेला १८ औँ–१९ औँ शताब्दीको विशिष्ठतामा संश्लेषण गरिएका राजनीतिक विचार–दर्शन ( उदारवाद, समाजवाद, संवर्द्धनवाद, अराजकतावाद, अनुभववाद, प्रियतावाद आदि) र तिनको जगमा संगठित पार्टी भन्दा अघि बढेको विचार–दर्शन र राजनीतिको नवसंश्लेषण र नवनिर्माण आजको आवश्यकता हो कि ?,’ भट्टराईले भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ