• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, ३ जना घाइते

    302
    SHARES



    काठमाडौँ । रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न १२ बजे रोल्पाको रून्टिगढी गाउँपालिका-७ खाक्सिवन की निर्मला बुढाथोकीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी ७ जना छिमेकीहरूसहित माटो लिन घरनजिकैको डाँडामा गएकी थिइन्। माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको खबर प्रहरीले प्राप्त गरेपछि ७ जनाको टोली घटनास्थल पुगेको थियो।

    माटो पन्छाएर निकाल्दा निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ। घटनामा खास्कीवनकै २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीय पार्वती पुन घाइते भएका छन्।

    उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ। बाँकी तीन जनालाई भने केही नभएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ