• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय राजनीति

    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    123
    SHARES



    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो ।

    मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । पुटिनले यस द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने दोहोर्‍याएका थिए ।

    उक्त फोन वार्ताका क्रममा पेजेश्कियानले रुसको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेका थिए ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोनमा कुराकानी गरेको बताएका थिए । ट्रम्पका अनुसार दुई नेताबीच इरान युद्ध र रुस–युक्रेन युद्धको अवस्थाबारे छलफल भएको थियो ।

    ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन् । तर उनले पुटिनलाई यदि रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गरे त्यो अझ राम्रो हुने बताएका थिए ।

    ट्रम्पका अनुसार उनले पुटिनलाई भनेका थिए, ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ ।’

    फेब्रअरी अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मरिएका थिए । अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ ।

    रूसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए । ट्रम्पले भने इरानका नयाँ नेताप्रति असन्तुष्टि जनाउँदै मोजतबा खामेनीलाई धेरै जनाले नचिनेको टिप्पणी गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ