• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति समाचार

    नवलपरासी १ मा रास्वपाका विक्रम खनाल विजयी, विनोद चौधरी पराजित

    232
    SHARES



    काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार खनालले ४५ हजार २४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरीले ९ हजार ५०२ मत प्राप्त गरेका छन्। खनालले चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।

    त्यस्तै नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत पाएका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार नवनित कुमार मिश्रले १ हजार ५९३ मत प्राप्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ