काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया