• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो अब्बल वित्तीय विवरण, २५ प्रतिशतले बढ्यो नाफा

    1.4K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्बभन्दा बढी खुद नाफा गर्दै बैंक थप अब्बल बन्दै गरेको सन्देश दिने अपरिस्कृत वित्तीय विवरण निकालेको हो ।

    बैंकले ६ महिनामा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको सोही अवधिको ८० करोड ७३ लाख रुपैयाँभन्दा २५.२५ प्रतिशत बढी हो ।

    बैंकको खुद ब्याज आम्दानी गत आवको माघ मसान्तको २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँबाट बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ कायम भएको छ ।

    यसैगरी खुद फि एन्ड कमिसन आम्दानी ६७ करोड २१ लाखबाट बढेर ८२ करोड ८ लाख पुगेको छ । तर, बैंकले सम्भावित नोक्सानीका लागि ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ जुन गत आवको २० करोड ४७ लाख रुपैयाँभन्दा धेरै हो । यसो हुँदा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड २७ लाख रुपैयाँ छ जुन गत आवको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम हो ।

    यता बैंकको गैरसञ्चालन खर्च (कर्जा राइटअफ अर्थात् अपलेखन) १ करोड ७७ लाख रुपैयाँमात्र छ । गत आवको यही अवधिमा यस्तो खर्च ४७ करोड १३ लाख रुपैयाँ थियो । यही कारण अरु प्रकारका खर्च सामान्य बढेपनि बैंकले नाफा २० करोड रुपैयाँले बढाउन सकेको देखिन्छ ।

    ६ महिनाको अवधिमा बैंकले कुल कर्जा १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्याएको छ । निक्षेप पनि २८ अर्बले विस्तार गरेर २ खर्ब ४ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बनाएको छ ।

    यसो त कुल कर्जामध्ये निष्क्रिय कर्जाको हिस्सा ४.५४ बाट ४.२५ प्रतिशतमा झारेको छ । यसैगरी खुद निष्क्रिय कर्जाको अनुपात १.४१ प्रतिशतमात्र छ ।

    यो सबै उपलब्धिको नतीजा बैंकको नाफामा देखिएको हो । नाफा बढ्दा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १३.३६ बाट १६.७३ रुपैयाँ कायम भएको छ ।

    माघ मसान्तको वित्तीय विवरणअनुसार बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत, कुल पुँजीकोष अनुपात १२.१६ प्रतिशत, सीडी रेसियो ७७.९९ प्रतिशत, कर्जाको बेसरेट ५.४८ प्रतिशत, ब्याजदर स्प्रेड ३.८३ प्रतिशत र रिटर्न अन इक्विटी १०.५२ प्रतिशत छ ।

    ६ महिनामा बैंकले गरेको १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफामध्ये विभिन्न कोष र दायित्वका लागि छुट्याउँदा ४४ करोड १२ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्नसक्ने देखिन्छ । र माघ मसान्तसम्मको कुल सञ्चित नाफा ४३ करोड ६४ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१.६० रुपैयाँ र पीई रेसियो रेसियो १३.६१ छ ।

    चालु आर्थिक वर्षको ६ महिनामा माछापुच्छ्रे बैंकको वक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति केही बढेको देखिता पनि बैंकले विगतको सुस्ततालाई चिर्दै अब्बल वित्तीय पर्फमेन्स गर्ने खोजेको देखिन्छ । बैंकले नोक्सानी व्यवस्थाका लागि गत आवको भन्दा बढी रकम छुट्याउनु परेको थिएन पनि ६ महिनाको नाफा अझै नै बढी हुने अनुमान गर्न सकिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ