• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रूकुम पश्चिमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेस प्रवेश

    1K
    SHARES



    काठमाडौँ । रूकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले जानकारी दिएका छन्।

    मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले खत्रीलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

    चौरजहारी नगरपालिका–७ नार्जी खत्रीगाउँ निवासी ७४ वर्षीय खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले भने, ‘देशमा लोकतन्त्रको सुदृढीकरण, विकास र स्थायित्वका लागि नेपाली कांग्रेस नै सक्षम शक्ति हो भन्ने निष्कर्षमा पुगेको छु। अब म कांग्रेसको सिद्धान्त र नेतृत्वसँगै अघि बढ्नेछु र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नेछु।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ