• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रुकुमपूर्व पुगेर प्रचण्डले भने : समाजवादको यात्रा सुरु गर्न फेरि आफ्नै आधारभूमि फर्किए

    292
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न म फेरि आफ्नै आधारभूमिमा फर्किएको बताएका छन् ।

    आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका प्रचण्ड बिहीबार निर्वाचन क्षेत्र पुगेका हुन्। त्यसक्रममा उनले आफू केवल सांसद बन्ने उद्देश्यले रुकुमपूर्व नआएको स्पष्ट पारेका छन्।

    उनले व्यवस्था परिवर्तनको आधारभूमि मानिने रुकुमको भूमिबाटै अब समाजवादतर्फको नयाँ यात्राको सुरुआत हुने दाबी गरे।

    ‘म यहाँ एउटा सांसदको हैसियत बनाउन आएको होइन। शहीद तथा बेपत्ता परिवारका अधुरा सपना पूरा गर्न, गणतन्त्रलाई मजबुत बनाउँदै समाजवादको आधार तयार पार्न म फेरि आफ्नै आधारभूमिमा फर्किएको हुँ।’ प्रचण्डले भने  ।

    भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले शहीद मार्ग निर्माणलाई पूर्णता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रमका क्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुन, लुगुम माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुन तथा शहीद परिवारका सदस्यहरूले गाउँको समग्र विकाससँग सम्बन्धित विभिन्न मागहरू समेटिएको मागपत्र उनलाई बुझाएका थिए।

    जनजाति र दलित समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रको मौलिक कला र संस्कृतिको संरक्षण गर्दै त्यसलाई रोजगारी र आयआर्जनसँग जोड्ने योजना अघि बढाइने प्रतिबद्धता समेत प्रचण्डले जनाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ