• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

    173
    SHARES



    काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सञ्चालनमा ल्याएको छ।

    कम्पनीका अनुसार यसअघि गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट परीक्षणका रूपमा सुरु गरिएको सेवा कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट उपलब्ध गराइएको हो।

    यस सेवाअनुसार आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भरेर अद्यावधिक गर्न सक्नेछन्। त्यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत विवरण र आफूले धेरै कल गर्ने पाँच वटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सबै विवरण भरेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ। प्राप्त विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।

    कम्पनीका अनुसार अझै धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएकाले यो सेवाबाट ग्राहकलाई विवरण सच्याउन सहज हुने विश्वास गरिएको छ। साथै अन्य सरकारी निकायमा समेत विवरण अद्यावधिक राख्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ