• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले गरे कांग्रेसका शिवाकोटीलाई समर्थन

    1.3K
    SHARES



    काठमाडौँ । दोलखामा स्वतन्त्र उम्मेदवार रहेका महेन्द्र खड्काले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन्।

    तामाकोशी–४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच खड्काले उम्मेदवारी फिर्ताको घोषणा गरेको दोलखा कांग्रेसले जनाएको छ।

    उम्मेदवारी फिर्ता लिँदै खड्काले जेनजी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरेको कांग्रेसले जनाएको छ।

    उनले उम्मेदवारी फिर्ताको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम पनि देखिने छ। किनकि निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय सकिइसकेको छ।

    खड्काले आफूलाई मत नदिइ अब शिवाकोटीलाई मत दिनसमेत आग्रह गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ