• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सम्भवतः फागुन २१ मै चुनाव हुन्छ, जित्नुपर्ने पार्टी एमाले नै हो : ओली

    125
    SHARES



    काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समयपछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

    देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको उनले बताए । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी भएको उनको भनाइ छ ।

    अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरूले गति लिएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ