• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल

    117
    SHARES



    काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्र तयार गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेट्नुपर्ने विषय र प्राथमिकताबारे विज्ञहरूसँग छलफल गर्दै सुझाव लिएका हुन् ।

    छलफलमा विज्ञहरू बालानन्द पौडेल, विष्णु उप्रेतीसहित पूर्वराजदूत, अर्थशास्त्री र योजना आयोगका सदस्यहरू सहभागी रहेको नेकपा एमाले निर्वाचन प्रचार प्रचार संयोजक मीन शाहीले जानकारी दिए ।

    अध्यक्ष ओलीले एमाले सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको भन्दै भूकम्पले पुर्याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको भन्दै गत भदौको आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए ।

    कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिँदै अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिएका थिए ।

    एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा गर्न सक्ने कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको एमाले निर्वाचन प्रचार संयोजक शाहीले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ