• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश

    579
    SHARES



    काठमाडौँ । उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्।

    प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताए। ‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको कांग्रेस पार्टी प्रवेश निरन्तर अघि बढेको छ,’ उनले भने।

    उनले फागुन ७ गते जनकपुरमा केन्द्रीयस्तरको आमसभा गर्ने पनि बताए। त्यसपछि अन्य क्षेत्रमा पनि आमसभा हुने उनको भनाइ छ। उनले केही समयपछि पार्टीको घोषणा पत्र सार्वजनिक गरिने बताए।

    सभापति गगन थापा नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन भएर काम अघि बढेको छ। कांग्रेसले एकताबद्ध भएर चुनावकेन्द्रित रहन पार्टीका नेता कार्यकर्ताहरूमा अपिल पनि गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ