• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    264
    SHARES



    काठमाडौँ । लुम्बिनी प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दै छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकका मुख्य चार सम्भावित कार्यसूची छन्।

    बैठकमा प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलराम घर्ती मगरले सभालाई गराउने कार्यसूची छ। यसबीचमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिनुपूर्व चार जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्।

    २०७९ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की र बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, साबिक नागरिक उन्मुक्ति पार्टीको तर्फ बाट बर्दियाको १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देहीको ४ (१) मा लोकतान्त्रिक समाजवादीबाट निर्वाचित कह्नैया बानियाले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ।

    बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची पनि तय गरिएको । त्यस्तै जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने सूची छ ।

    त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्न कार्यतालिका छ। मुख्यमन्त्री अचार्यले सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने छन्।

    प्रदेश सचिव पुन मगरका अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकको प्रदेशसभा सदस्यलाई पनि तालिम दिने भन्ने विषयमा आपत्ति जनाउँदै त्यो बुँदाहरूमा पुनर्विचार गर्न आग्रहसहित फिर्ता पठाएका छन्।

    लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक खास गरी लुम्बिनीका कर्मचारीलाई तालिम दिने उद्देश्यले ल्याउन थालिएको विधेयक हो। कर्मचारीका साथै प्रदेशसभा सदस्यलाई पनि तालिम दिने भन्ने कुरा प्रति प्रदेश प्रमुख घर्ती मगरले असहमति राख्दै छलफलका लागि फिर्ता गरेको प्रदेशसभा सचिव पुनले बताए। त्यसबाहेक अरू थप दुई वटा बुँदा माथि पनि छलफल गर्न प्रदेश प्रमुख घर्ती मगरले सुझाएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ