• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    हरिबोल गजुरेलको कारबाही फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग

    546
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्।

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्।

    ‘एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चर माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्,’ उनले लेखेका छन्।

    नेता खनालले उक्त कारबाही तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीलाई संस्थागत बनाउन र गजुरेलसहित नेतृत्वदायी तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन माग गरेका छन्।

    ‘किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु,’ उनले भने।

    त्यसो नभए एकीकरण भई नसक्दै विशृंखलातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उनले बताएका छन्। पार्टीको आधिकारिक उम्मेवारविरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको थियो।

    कारबाही गर्ने निर्णयमा संयोजक प्रचण्ड र सह-संयोजक माधव नेपालले हस्ताक्षर गरेका थिए।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ