• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिम र लुम्बिनीमा सुरु भयो मतदान

    547
    SHARES



    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ ।

    एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो ।

    सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।

    राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

    कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ