काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् ।
नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको थियो ।
गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया