• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    देउवाले अभिभावकको भूमिका निर्वाह गर्ने अपेक्षा छ : कांग्रेस सभापति थापा

    543
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबाट अभिभावकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका छन् ।

    शनिबारको केन्द्रीय समिति बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले देउवासहित वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताएका हुन् । कांग्रेसका विमती अन्त्य गर्न र एक ढिक्का बनाउन उनीहरुको भूमिका हुनुपर्ने थापाको भनाइ छ ।

    ‘निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ– अब यो रोक,’ थापाले भने, ‘एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो ।’

    उनले थपे, ‘वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं ।’

    गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई यही माघ २ गते निर्वाचन आयोगले आधिकारिकताको मान्यता दिएको थियो । त्यसप्रति देउवा पक्षका नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्काले त देशभर आन्दोलन गर्ने र कानुनी लडाइँ लड्ने अभिव्यक्ति दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ