• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले सचिवालय बैठक बस्दै, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाइने

    390
    SHARES



    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।

    पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।

    अहिलेसम्म अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न सूर्यवाहक उम्मेदवारहरू उठाउने तयारी गरेको छ।

    दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामहरू टुङ्ग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ