• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस चुनावमा जान्छ– उपसभापति शर्मा

    715
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फेसबुक लाइभ भिडिओमा यस्तो घोषणा गरेका हुन्।

    उनले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताए।

    निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगत थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस हो भन्ने निर्णय गरेपछि उपसभापति शर्माले फेसबुकमा लाइभ भिडिओमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

    ‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन्। हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब त्यो दरार र दुरी रहनु हुँदैन।’

    उनले अगाडि भने, ‘एकथरी साथीहरूले सार्थक हस्तक्षेप गरिसकेको छ। अर्काथरी साथीहरूले पनि हस्तक्षेप गर्ने बेला आएको छ।’

    अब नेपाली कांग्रेस पार्टीले जेनजी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने संकल्प पनि उनले व्यक्त गरे। विगतमा भएका कमी-कमजोरीका लागि आत्मालोचित हुँदै त्यसलाई सच्याएर अघि बढ्ने पनि बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ