• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    तालिबान शीर्ष नेतृत्वमा फुट : सरकार नै ढल्न सक्ने गरी देशको भविष्यसम्बन्धी दृष्टिकोणमा मतभिन्नता

    841
    SHARES



    एजेन्सी । अफगानिस्तानको सत्तामा रहेको तालिबान समूहको शीर्ष नेतृत्वमा विभाजन उत्पन्न भएको देखिएको छ। दुइटा गुटमा अफगानिस्तानको भविष्य र कसरी शासन सञ्चालन गर्ने भन्ने तिनका धारणा र शैली नितान्त भिन्न छन्।

    अफगान सरकार ढलेपछि र अमेरिकाको नेतृत्वमा रहेका विदेशी सैनिकहरू फिर्ता भएपछि तालिबान सन् २०२१ मा सत्तामा पुगेको थियो। त्यस बेलादेखि कट्टरपन्थी इस्लामिस्ट समूहले देशमा शासन गर्दै आएको छ।

    बीबीसी अफगान सेवाले तालिबानको आन्तरिक द्वन्द्वबारे एक वर्ष लगाएर अनुसन्धान गरेको र त्यसक्रममा तालिबान शिर्ष नेतृत्वमा फुट देखिएको जनाएको छ।

    अनुसन्धानका क्रममा संवाददाताहरूले गोप्यता कायम गर्न खोज्ने उक्त समूहका वर्तमान र भूतपूर्व कार्यकर्ता, स्थानीय स्रोत, विश्लेषक र पूर्वकूटनीतिज्ञहरूसँग १०० वटाभन्दा बढी अन्तर्वार्ता गरेका थिए।

    बीबीसीले उनीहरू सबैको सुरक्षाका लागि पहिचान भने गोप्य राखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ