• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा १७ जनाको नाम हाल्ने

    862
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग भएसँगै उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने तयारी गरेको छ ।

    उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार जेनजी प्रदर्शनका क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेल अध्यक्ष रहेको राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा नाम राख्ने गरी छलफल भएको जानकारी दिए ।

    उनका अनुसार उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्द सूचीमा समावेश गर्ने गरी तयारी भएको छ । उनले भने, ‘राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा उज्यालो नेपालका २१ जनाको नाम समावेश गराउने र पछि पार्टी एकता गर्ने गरी छलफल अघि बढी रहेको छ । आज नै उक्त विषयमा टुङ्ग्याउने गरी छलफल भइरहेको छ ।’

    रास्वपाले उज्यालोबाट समानुपातिक सूची परेका अधिकांशको नाम हटाए र आइतबार नै अद्यावधिक गरिसकेको छ ।

    रास्वपाले उनीहरूको नाम हटाएसँगै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १७ जनाको नामसहित राष्ट्रिय परिवर्तन पार्टीले आज नै समानुपातिक सूची अद्यावधिक गर्न लागेको बुझिएको छ ।

    केन्द्रीय सदस्य लामाका अनुसार राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेरै जाने हिसाबले साङ्गठनिक संरचना, जिम्मेवारी सबै विषयमाथि छलफल गरी आज नै टुङ्गो लगाउने तयारी भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ