• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रपति पौडेल भेट्न कांग्रेस सभापति देउवा शीतल निवासमा

    1.5K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

    आफ्नो निवास महाराजगन्जमा आफूलाई भेट्न आएका पार्टीभित्रको इतर समूहका नेता डा.शेखर कोइरालासँगको भेटघाट छोट्याएर देउवा राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटघाटको विषय के हो भन्ने खुलेको छैन ।

    कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद चलिरहेको र राष्ट्रपति पौडेल पनि राष्ट्रपति बन्नुभन्दा पहिला कांग्रेसका नेता रहेकाले कसरी समाधानको उपाय निकाल्ने भन्नेबारे छलफल गर्न र सुझाव माग्न देउवा शीतल निवास पुगेको हुनसक्ने निकट नेताहरू बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ