• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    खुश्बु र सरस्वतीलाई समानुपातिक सूचीमा राखिएको भन्दै राप्रपा कार्यालयमा होहल्ला र विरोध

    783
    SHARES



    काठमाडौँ । राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर होहल्ला गर्दै ‘परिवारवाद’ अन्त्यको मागसहित नाराबाजी गरेका छन् ।

    पार्टीले समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै महिला सङ्गठनकी सचिव चम्पा अधिकारी सहितका नेतृहरूले महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र नै बुझाएका छन् ।

    शुक्रबार दलबलसहित पुगेका महिला नेतृहरूले सो क्रममा परिवारवादको विरोधमा चर्को नाराबाजी गरेका थिए भने सो क्रममा प्रहरीले नै विवाद मिलाउन पुगेको एक नेताले बताए ।

    विशेष गरी समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामालाई राखिएको विषयमा उनीहरूको असन्तुष्टि रहेको बताइएको छ । सरस्वती उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् । यस्तै खुश्बु ओलीले पहुँचको भरमा समानुपातिकमा आफ्नो हैसियत बनाउन खोजेको महिला नेतृहरूको भनाइ छ ।

    पार्टीमा योगदान दिएका र समानुपातिकमा राख्नुपर्नेहरु धेरै भएपनि त्यसविपरीत पार्टी गएकाले आफूहरूले विरोधसहित ज्ञापनपत्र बुझाएको अधिकारीले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ