• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भीमफेदी जिप दुर्घटना : १२ घण्टापछि ४ मृतकको पहिचान

    1.6K
    SHARES



    हेटौंडा । काठमाडौं- हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक जना बालक थिए ।

    घटनामा ६ जनाको घटनासथलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनाको १२ घण्टापछि मात्रै मृतक र घाइतेको पहिचान गरेको छ । मृतक दुई जनाको भने अझै पहिचान हुन नसकेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    डिएसपी बोगटीकाअनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

    अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन नसकेको डिएसपी बोगटीले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

    यसैगरी, हेटौंडा अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये २ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ ।

    जिपका चालक हेटौंडा उपमहानगरपालिका-४ कर्राचोक बस्ने करिब ४०-४५ वर्षका गणेश थापा र मृतक सविता लम्सालको छोरा १२ वर्षका अभ्यास लम्साललाई भरतपुर रिफर गरिएको हो ।

    उनीहरूको अवस्था गम्भीर रहेको डिएसपी बोगटीले जानकारी दिए । हेटौंडा अस्पतालमा उपचाररत् अर्का घाइते रौतहटको चन्द्रपुर नपा-२ बस्ने रिचा चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ